सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता

Nepal Live

काठमाडौँ- सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो। 

एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे।

फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।

फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ। 

फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो।रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार