काठमाडौं– नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई डाटामा छुटको अफर ल्याएको छ।
बैशाख १५ गतेसम्म लागू हुने गरी ५ वटा छुटका अफर ल्याइएको छ।
ह्याप्पी विकेण्ड प्याक अन्तर्गत जिएसएम र सिडिएमए,प्रिपेड तथा पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक सय रुपैयाँमा एक जिबी डाटा एक हप्ताका लागि खरिद गर्न सकिने छ।
नाइट डाटा प्याक अन्तर्गत ग्राहकले एक जिबी डाटा खरिद गर्न सक्ने र एक दिन चल्ने उक्त प्याकेज ग्राहकले राती १० बजे देखि बिहान छ बजेसम्म चलाउन पाउनेछ।
ग्राहकले तीन सय रुपैयाँमा २५ जीबी डाटा र चार सय रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्ने गरी अफर पनि ल्याइएको छ।
सात सय रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने गरी एडीएसएल अनलिमीटेड प्याकेज ल्याइएको छ। जस अन्तर्गत ग्राहकले ५ एमबीपीएस गतिको इन्टरनेट सेवा पाउँनेछन्।
त्यस्तै तीन हजार सात सय पचास रुपैयाँको प्याकेजमा एक सय ८० दिनसम्म र सात हजार रुपैयाँमा एक वर्षसम्म अनलिमीटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।