काठमाडौं– मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन्। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो।
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन्। उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन्।
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।