नेपाली नयाँ वर्षको अवसरमा माल्दिभ्समा रहेका नेपालीले बनभोजसँगै दोहोरी प्रतियोगिता आयोजना गरेका छन्। बाँके बर्दिया राइजिङ स्टार माल्दिभ्सको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
हरेक वर्ष माल्दिभ्समा विभिन्न कार्यक्रम गर्दै आएको बाँके बर्दिया राइजिङ स्टारले यसपल्ट चैत्र ३१ अर्थात् १३ अप्रिल २०१८ गते वनभोज कार्यक्रम र दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको हो।
उक्त कार्यक्रममा ४ सयदेखी ५ सयसम्म माल्दिभ्समा रहेका नेपालीहरुको जम्काभेट हुने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्र सापकोटाले बताए।
बनभोज कार्यक्रम राजधानी मालेदेखि करिब ३० किलोमिटरको दूरीमा रहेको टापु रोजिएको छ।
कार्यक्रमका लागि संस्थाका संयोजक सन्तोष मगर र लोक बहादुर सलामीले संयोजन गरिरहेका छन्। माल्दिभ्सका सयौं टापुमा रहेका नेपालीहरुलार्इ एकै ठाउँ जमघट गराउन कार्यक्रम गर्ने गरिएको मगर बताउँछन् । माल्दिभ्समा १० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।