काठमाडौं- रत्न प्रजापतिको नयाँ कथासङ्ग्रह ‘बदाम बेच्ने केटी’ बजारमा आएको छ।
सङ्ग्रहमा ‘बदाम बेच्ने केटी’, ‘शत्रु’, ‘त्रास’, ‘झिँगे’, ‘इन्द्रिय पीडा’, ‘भूतपूर्व हाकिम’, ‘पीडित’, ‘दूबो’, ‘इच्छा’, ‘हिस्सा’, ‘केशरी रुँदै घर फर्की’, ‘पिकदानी’, ‘मुटुको गाँठो’ ‘सानो सुनकोशी’ लगायतका ३० कथा सङ्गृहीत छन्।
सङ्ग्रहलाई डिकुरा पब्लिकेसनले प्रकाशन गरेको हो। कथाकार प्रजापतिका यसअघि ‘बिसन्चो’ (२०६१) र ‘सेतो बादल’ (२०६६) कथासङ्ग्रह प्रकाशित छन् भने करिब एक दर्जन बालकथासङ्ग्रह, एउटा गीत सङ्ग्रह र एउटा गजलसङ्ग्रह पनि प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।