नवलपरासी– नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा बाैद्धगुम्बा निर्माणका लागि प्रवासी नेपालीले सहयोग गरेका छन्।
कुवेतमा रहेका प्रवासी नेपालीद्वारा संकलित रकम २ लाख ९९ हजार ७ सय ९१ रुपैयाँ गुम्बा निर्माण समितिलाई प्रदान गरिएको हो। कुवेतमा रहेका अमृत गुरुङको विशेष पहल तथा सहयोगमा संकलित रकम गुम्बा निर्माणका लागि गठित बौद्ध समाज नेपालका अध्यक्ष अमृत श्रीसलाई सोमबार प्रदान गरिएको थियो।
सबैमा धार्मिक भावना जागृत गराइ आत्मशान्तिका लागि गुम्बा निर्माणमा जुटेको अमृत गुरुङले बताए। गुम्बा केवल बौद्ध धर्मावलम्बीको मात्रै नभएर सबै जाति, धर्म र समुदायको रहने भएको हुँदा यसमा सबैको सहयोग रहेकाले पनि आफूलाई थप हौसला मिलेको गुरुङले उल्लेख गरे।
२ कट्ठा क्षेत्रफलमा रहने गुम्बाको निर्माणका लागि बुद्ध जयन्तीको अवसर पारी आउँदो वैशाख १७ गते मूर्ति स्थापित गरी शुभारम्भ गरिने समितिका सचिव सन्तु गाहाले जानकारी दिए। गुम्बाले यस क्षेत्रको समग्र परिचय र धार्मिक प्रवद्र्धनमा टेवा पुर्याउने समितिले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।