काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालयले गुन्डा नाइके गणेश लामाविरुद्ध मुद्दा दायर गरेको छ। एक वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको माग गरी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लामाविरुद्ध मुद्दा दायर भएको हो।
हातहतियार तथा खरखजना मुद्दामा उनलाई अधिकतम सजायको माग गरिएको छ। गत फागुन ३० गते गौशलाको पिंगलास्थानस्थित पशुपती भिजन अगाडिबाट उनी ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका थिए।
लामामाथि आक्रमण प्रयास भएपछि उनले पेस्तोल निकालेर फायर गर्दैगर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। तर, लामाले भने बरामद पेस्तोल आफ्नो नभई आफूलाई आक्रमण गर्न खोज्ने व्यक्तिको भएको दाबी गरेका छन्। उनलाई आक्रमण गर्न खोज्ने व्यक्तिको पहिचान खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।