काठमाडौं– कथाकार सरिता अर्यालले दोस्रो कथासंग्रह ‘पुरुष’ पाठकमाझ ल्याएकी छन्।
शनिबार शिल्पी थिएर बत्तीसपुतलीमा सांसद पम्फा भुषाल, कवि कुन्ता शर्मा, सूचना आयुक्त यसोदा तिम्सिना लगायतले संयुक्त रुपमा कृति सार्वजनिक गरे।
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक महेश पौड्यालले संग्रहभित्रका अधिकांश कथामा महिला–पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषबाट प्रताडित महिलाका व्यथा नै समेटिएको बताए। अर्की वक्ता तिम्सिनाले कथा पढ्दै जाँदा आफ्नै वरिपरि देखेका पात्रका कथा जस्तो लागेको बताइन्।
कथाकार अर्यालले पुरुषको विरोधकै लागि पुस्तकको नाम पुरुष नराखिएको स्पष्ट पारिन्। बिएन पुस्तक संसारले प्रकाशन गरेको कथासंग्रहको मूल्य २ सय २५ रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।