थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर
म ती हातहरूको प्रशंसा गर्दै
त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु
एउटा मूर्ति चलमलाउँछ
म छक्क पर्छु- कलाकृति सुन्दर मात्र हैन सजीव रहेछन्,
हेर ! मूर्ति त बोल्न पनि लाग्यो मूर्तिहरूमध्ये बीचबाट-
‘मलाई पहिले किन्नुस् हजुर ।
म ज्यादै भोको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।