काठमाडौं– रेनोको नेपालका लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्सले नयाँ स्वरुम नक्सालमा सञ्चालन ल्याएको छ। विशाल ग्रुप अन्तर्गतको कम्पनीले ‘स्टेट आफ आर्ट शोरुम’ काठमाडौंको नक्शालमा सञ्चालनमा ल्याएको हो।
कम्पनीले ग्राहकलाई आफ्नो नजिकै, आफ्नो रोजाईको नयाँ रेनो कार, स्पेयर पार्टस र सर्भिस लिन सहजता प्रधान गर्न नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।
उक्त शोरुमको उद्घाटन एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्राले संयुक्त रुपमा गरेका थिए।
मिश्राले नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा निकै खुसी लागेको बताए। उनले भने, ‘ग्राहकहरुको माग बढ्दै गएकाले हामीले आफ्ना शोरुमहरु विस्तार गर्दै लगेका हौँ। जसले हाम्रा ग्राहकहरुलाई फाइदा दिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।