काठमाडौं- ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आइएमई बैंकबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारकालागि द्विपक्षीय हस्ताक्षर भएको हो।
मंगलबार नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षिय सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए।
ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आगामी दिनमा विभिन्न सामाजिक कार्यमा सहभागी हुने र आफ्ना ग्राहकलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।