काठमाडौं- नबिल बैंकले आफ्ना भीसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरी 'कार्डबाट कार क्यास ब्याक लगातार' नामक योजना ल्याएको छ। यो योजनालाई तत्काल नगद फिर्ता योजना र बम्पर उपहार गरी दुई भागमा बाँडिएको छ।
नगद फिर्ता योजना अन्तर्गत नबिल बैंकका भीसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपालभित्रका पिओएस र इ-कमर्स साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक कारोबार गरेपछि एक सय रुपैयाँ नगद नै फिर्ता पाउनेछन्।
नगद फिर्ता योजनाका लागि योग्य हुन प्रत्येक कारोबारर रकम कम्तीमा ५ सयभन्दा बढीको हुनुपर्ने बैंकले जनाएको छ।
यस्तै, बम्पर उपहार अन्तर्गत योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई योजनाको अन्त्यमा बम्पर उपहार स्वरुप हुन्डाई ग्रान्ड आइ-टेन कार प्रदान गरिने बैंकले जनाएको छ।
यो योजना चैत २० गतेदेखि सुरु भई २०७५ असार १९ गतेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।