धनगढी- कैलाली घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीय एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न ६ जनालाई पुर्पक्षका लागि आज कारागार पठाइएको छ।
घोडाघोडी नगरपालिका ५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन्।
पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।