काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाबीच बैंकासुरेन्स सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत एसियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना बिक्री हुनेछ।
कम्पनीले अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो र भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको बताएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीे र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।