काठमाडौं- सप्तकोशी डेभलपमेन्ट बैंकको विशेष वार्षिक साधारणसभा २०७५ बैसाख १५ गते हुने भएको छ। बैंकको विशेष साधारणसभाको लागि २०७४ चैत ३० गतेदेखि बैसाख १५ गतेसम्म सेयर धनी पुस्तिका बन्द हुने नेप्सेले जनाएको छ।
नेपाल राष्ट्र बैंकले फागुन २८ गते जारी गरेको निर्देश बमोजिम हाल कायम चुक्ता पुँजीको आधारमा २ जिल्ला थप हुने गरी कार्यक्षेत्र विस्तार गर्न बैंकले प्रचलित कानुन बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न विशेष साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजे उद्योग संगठन मोरङमा हुने भएको छ।
हाल बैंकको चुक्ता पुँजी ५० करोड ७५ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।