काठमाडौं– कलाकार, नीर शाह दीर्घ साधना सम्मान २०७४ बाट सम्मानित भएका छन्। नेपाल चलचित्र कलाकार संघले शाहलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानित गरेको हो।
शाहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाउनुका साथै ताम्रपत्र प्रदान गरेका थिए।
नेपाली कला क्षेत्रमा करिब ५० वर्षदेखि अनवरत कार्यरत रहँदै ठूलो योगदान पुर्याएको कदरस्वरुप शाहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको कलाकार संघले जनाएको छ। कलाकार, निर्देशक, प्रशासक, गीतकार, साहित्यकारसँगै विभिन्न विधामा शाह क्रियाशील रहँदै आएका छन्।
काठमाडौंको आर्मी अफिसर क्लबमा शुक्रबार आयोजित अवार्ड कार्यक्रममा चलचित्र पत्रकार ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई पनि चलचित्र पत्रकारिता विशेष सम्मान प्रदान गरियो।
पत्रकार लम्साल र सुवेदीलाई प्रधानमन्त्री ओलीले खादा लगाई अवार्ड प्रदान गरेका थिए।
त्यसैगरी, कार्यक्रममा प्रधानमन्त्री ओलीले 'वर्ष लोकप्रिय नायक' प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई समेत सम्मान्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।