काठमाडौं– रेनोले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ। नयाँवर्ष २०७५ लाई लक्षित गर्दै नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स अन्तर्गत विशाल ग्रुपले ‘खुसीयाली नयाँवर्ष २०७५’ को क्याम्पेन सञ्चालनमा ल्याएको हो।
यस योजनामा रेनोको कार खरिद गर्ने ग्राहकहरुलाई विभिन्न मोडलमा छुटको योजनाका साथै आर्कषक सुविधाहरु उपलब्ध गराइएको छ।
रेनोको कुन मोडलमा कति छुट अफर?
लोड्जी मोडलमा ५ लाख रुपैयाँसम्मको छुटको अफर ल्याइएको छ। डस्टरको खरिदमा ३ लाख १० हजार र क्विडको खरिदमा १ लाख ८० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ।
साथै यस योजनामा ५ वर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ वर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।