काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना १०० दिनदेखि ५ वर्षसम्मका कार्ययोजना सार्वजनिक गरेका छन्।
मुख्यमन्त्रीको पदमा नियुक्त भएको करिब २ महिनापछि राउतले आफ्नो कार्यकालको विस्तृत योजना सार्वजनिक गरेका हुन्। उनले तत्कालै र दीर्घकालीन रुपमा गर्ने योजनाहरु विभाजन गरेका छन्।
मुख्यमन्त्री राउतले सार्वजनिक गरेको कार्ययोजनामा प्रदेश २ लाई लगानीमैत्री बनाउनेदेखि युवा वहिर्गमनलाई न्यूनीकरण गर्नेसम्मका योजना छन्। यस्तै, , खरिद प्रक्रिया तथा सार्वजनिक संयन्त्र, तत्काल लागू गरिने केही योजना, समस्याको पहिचान तथा प्राथमिकीकरण, यातायात र सडक, प्रदेश नीति अयाोग, प्रदेश शिक्षा सुधार कार्यक्रम, प्रदेश स्वास्थ्य अध्ययन समिति, मुख्यमन्त्री राहतकोषको स्थापना, वैदेशिक रोजगारीमा रहेका परिवारलाई समाजिक सुरक्षा तथा विकास र द्रूत कानुन निर्माण जस्ता विषय उनका कार्ययोजनामा समेटिएका छन्।
मुख्यमन्त्री राउतले प्रदेश २ लाई माछा जोनका रुपमा विकास गर्ने, प्रदेशका आठै जिल्लामा एक-एकवटा स्मार्ट सिटी निर्माण गर्ने, आर्थिक क्षेत्रमा बन्द हड्ताल, धर्ना र अवरोध नगर्ने प्रस्ताव गरिएको छ।
तत्काल लागू गरिने केही योजना अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियान आठै जिल्लामा सञ्चालन हुने, बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत विद्यालय नजाने र नयाँ जन्मने छोरीहरुको हकमा प्रदेश सरकारले बिमा कम्पनीसँगको साझेदारीमा बिमा गरिने उल्लेख छ।
एक परिवार एक रोजगार, मुख्यमन्त्री सडक योजना, महिला सुरक्षा डेस्क र पीछडिएका समुदाय डोम, चमार, दुसाध, मुसहर जस्ता समुदायका छोराछोरीलाई विद्यालय पठाउने विशेष योजना मुख्यमन्त्री राउतले कार्ययोजनामा समेटेका छन्।
यस्ता छन् प्रदेश २ का कार्ययोजना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।