काठमाडौं– पार्टी एकता प्रक्रिया र नयाँ सरकार गठनको समिक्षा गर्न नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक खुमलटारमा बसिरहेको छ।
नयाँ सरकार गठनसंगै सरकारको काम कारबाही र पार्टी एकता प्रक्रियाको प्रगतिका विषयमा बैठकमा छलफल भईरहेको छ। बैठकमा पार्टी एकता संयोजन समितिको कार्यदलमा रहेका सदस्यले एकता प्रक्रियाको प्रगतिबारे हेडक्वार्टरलाई 'ब्रिफिङ' गरिरहेका छन्।
साथै माओवादीबाट सरकारमा सहभागि नेताहरुले सरकार सञ्चालनका प्रारम्भिक अनुभवहरु बैठकमा राखिरहेका छन्।
नयाँ सरकार गठन लगायत राजकीय पदको निर्वाचनमा अल्झिएको माओवादीले लामो समयपछि हेडक्वार्टर बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।