काठमाडौं– नेप्सेमा एकैदिन ५ कम्पनीको सेयर सूचीकृत भएको छ। शुक्रबार ५ कम्पनीको १ करोड ४४ लाख ३० हजार ५ सय ६९ कित्ता सेयर सूचीकृत भएको हो।
जनता बैंक नेपालको १ करोड ७० हजार ९ सय १९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत हुँदा प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपिओ पनि शुक्रबार नै नेप्सेमा सूचीकृत भएको छ। प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ नेप्सेमा सूचीकृत भएको हो।
यता, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १ लाख ४९ हजार ५ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। त्यस्तै ग्रामीण विकास बैंकको ३३ लाख ६ हजार ३ सय ६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
उता नेपाल फाइनान्स लिमिटेडको २ लाख ४४ हजार २ सय १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।