काठमाडौं– बैंक अफ काठमाण्डूले लगानीकर्तालाई १३ दशमलब २५ प्रतिशत बोनस सेयर दिने भएको छ। बैंक सञ्चालक समितिको ६२औं बैठकले लगानीकर्तालाई उक्त परिमाणमा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकका प्रस्तावित बोनस लगानीकर्ताहरुले भने राष्ट्र बैंक र बैंकको आगामि साधारणसभाले पारित गरेपछि मात्रै बोनस सेयर पाउने छन्।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासीकमा खुद मुनाफा ५५ करोड १५ लाख रुपैयाँ कमाएको छ। बैंकको निस्कृय कर्जा १ दशमलब ८६ प्रतिशत, जोखिम युत्त सम्पत्ति १५ दशमलब ४५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलब ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २३ दशमलब २१ गुणा, प्रतिशेयर नेट–वर्थ १ सय ७८ दशमलब ४२ रुपैयाँ र तरलता अनुपात २६ दशमलब ३१ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।