मोगादिसु- सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले राजधानीस्थित एक होटेल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा सो घटना भएको बताए। घटनामा केही सर्वसाधारण घाइते भएका छन्।
कारलाई एक्कासि ल्याएर होटेल नजिकैको बिजुलीको खम्बामा ठक्कर दिएपछि ठूलो आवाजसहित विष्फोट भएको एक प्रत्यक्षदर्शीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।