काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयोजक जिम्बावेलाई युएईले डिएल मेथडमा ३ रनले पराजित गरेको छ।
सुपर ६ अन्तर्गत बिहीबार भएको खेलमा युएईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४० ओभरमा ७ विकेटको क्षतिमा २ सय २६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेल हुन नसक्दा युएईले डिएल मेथडमा ३ रनको जित निकाल्दा आयोजक जिम्बावे स्तब्ध बन्यो। हारसँगै जिम्बावेको विश्वकपमा छनोट हुने अभियान लगभग सकिएको छ।
सुपर ६ बाट शीर्ष स्थानमा रहँदै वेस्ट इन्डिज विश्वकपमा छनोट भइसकेको छ। अब शुक्रबार अफगानिस्तान र आयरल्यान्डको खेलपछि विश्वकपमा छनोट हुने एक टिमको टुंगो लाग्नेछ। अफगानिस्तान र आयरल्यान्डबीचको खेलको नजिता आएमा जित हात पार्ने एक टिम विश्वकपमा छनोट हुनेछ। बाँकी चार टिम बाहिरिनेछन्।
अंक तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।