काठमाडौं– देवः विकास बैंकले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। बैंकले १ सय रुपैयाँ अंकित मूल्यमा ६५ लाख ३३ हजार हजार १ सय ८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
बैंकले १०ः४ को अनुपातमा सेयर जारी गर्ने बताएको छ। जसअनुसार ४० प्रतिशत हकप्रद सेयरमा फागुन १६ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले २०७५ बैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
बैंकले जारी गर्न लागेको हकप्रद सेयरको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
हाल देवः विकास बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ रहेको छ। उक्त हकप्रद सेयर बिक्रिपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ।
राष्ट्र बैंकको निर्देशनअनुसार चालु आर्थिक वर्षभित्रमा राष्ट्रियस्तरको विकास बैंकलाई न्युनतम चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन बैंकले उक्त परिणामका हकप्रद सेयर बिक्री गर्न लागेको हो।
कहाँबाट दिने आवेदन?
हकप्रद सेयरका लागि बैंकको हकप्रद बिक्रि प्रबन्धक एनआइविएल एस क्यापिटल र यसका शाखा कार्यालयहरु लालदरबार, लगनखेल, ललितपुर तथा चिप्लेढुङ्गा, पोखरामा आवेदन दिन सकिने छ।
साथै, देवः विकास बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालय, सि–आस्वामा सहभागी बैंक तथा वित्तिय संस्थामार्फत पनि आवेदन भर्न र बुझाउन सकिने बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।