काठमाडौं– चलचित्र कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले ‘फान अवार्ड’का लागि विभिन्न २४ विधामा पर्न सफल उत्कृष्ट कलाकारको मनोनय सार्वजनिक गरेको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी संघले उत्कृष्ट ५ मा पर्न सफल कलाकारहरुको नाम सार्वजनिक गरेको हो। संघले २०७३ भित्र सार्वजनिक भएका ८८ वटा चलचित्रमध्ये २४ विधामा ५–५ कलाकारहरुको मनोनयन सार्वजनिक गरेको छ। मनोनयनमा परेका कलाकारहरुलाई प्रमाणपत्र दिइएको छ।
अवार्ड समारोह चैत १६ गते आर्मी अफिसर्स क्लब सुन्धारामा हुनेछ।
हेरौं, मनोनयन सार्वजनिक समारोहमा मख्ख कलाकार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।