काठमाडौं– सुन्धाराको गुलाब मिठाइ पसलमा आगलागी भएको छ। पसल रहेको बिल्डिङको बेसमेन्टबाट सुरु भएको आगो अझै पूर्ण नियन्त्रणमा आएको छैन।
महानगरीय प्रहरी वृत्तका डिएसपी टुेकुनन्द लिम्बूका अनुसार आगलागीमा दुई जना सामान्य घाइते भएका छन्। बेसमेन्ट पूर्णरुपमा जलेको र त्यहाँभन्दा माथि आगो आउन बाट रोकेको उनले जानकारी दिए।
उनका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगालागीको कारण खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।