नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेता सञ्जय दत्त अब बन्न लागेको फिल्म ‘ब्लकबस्टर’मा कमेडियनका रुपमा देखिने भएका छन्।
अजय अरोरा र लवली अरोराको निर्देशनमा बन्न लागेको फिल्ममा सञ्जयले खेल्ने पक्का भएसँगै निर्माण टोली उत्साहित भएको छ। निर्माता सन्दीप सिंहले भनेका छन्, ‘सञ्जयलाई लिएर फिल्म बनाउने मेरो सपना थियो। बल्ल त्यो एउटा ठूलो अवसरका रुपमा आएको छ।'
आफ्नो कमेडियन भूमिकाबारे सञ्जय पनि कम हौसिएका छैनन्। सञ्जयका अनुसार, कमेडी उनको सबैभन्दा मन पर्ने विधा हो। उनले भने, ‘मलाई कमेडी निकै मन पर्छ। कमेडी भूमिका निर्वाह गर्न मलाई सजिलो पनि लाग्छ।’
साजिद फरहादको लेखनमा बन्न लागेको फिल्मको सुटिङ यही अप्रिलबाट सुरु हुँदै छ। फिल्मको अधिकांश दृश्य हिन्द महासागरस्थित मरिससमा छायांकन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।