काठमाडौं– विश्वको चर्चित गायन रियालिटी शो 'द भ्वाइस'को नेपाली फ्रेन्चाइज 'द भ्वाइस अफ नेपाल' सुरु हुने भएको छ। आइतबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा फ्रेन्चाइज शोबारे औपचारिक घोषणा गरिएको हो।
असारबाट प्रसारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दै छन्। प्रह्लादसिंह ठकुरी एमडी रहेको उक्त रियालिटी शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। सुशील नेपालले होस्ट गर्ने उक्त शोको निर्णायकका रुपमा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनेछन्।
‘द भ्वाइस अफ नेपाल’को विजेतालाई ‘भ्वाइस अफ नेसन’घोषणा गरिनेछ। विजेताले २५ लाख नगद, कार, २० लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन्।
आयोजकका अनुसार, इतिहासमै पहिलो पटक उक्त नेपाली शो अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत जानेछ। केही शोहरु ‘द भ्वाइस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रसारण हुनेछ, जहाँ संसारभरका प्रतिभा अटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।