काठमाडौं- गुण्डागर्दीमा संलग्न तीन जनालाई काठमाडौंमा प्रहरीले पक्राउ गरेको छ। व्यवसायीलाई धम्काएर पैसा उठाउने र ज्यान मार्ने धम्की दिनेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका व्यवसायीहरुलाई धम्काएको आरोपमा काभ्रेका निमा लामा भन्ने राजेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ।
लामाले सिनामंगलमा देखावडी कपडा पसल खोलेको र विभिन्न व्यवसायीहरुलाई उनले धम्काएर पैसा लिने गरेका थिए।
त्यस्तै नरेफाँट बस्ने भिमप्रताप भण्डारीलाई अपहरणको धम्की दिई १५ लाख रुपैयाँ माग्ने मनोज शाह र मनोज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले शाहलाई धक्काउन लगाउने गरेको प्रहरीले जनाएको छ।
राजधानीमा गुन्डागर्दीमा संलग्न सबैलाई निगरानीमा राखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।