काठमाडौं- माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ।
एक्स ४०९ बारफोनको मूल्य १ हजार २५ रुपैयाँ छ भने क्यु ३५३ बजेट स्मार्टफोनको मूल्य ६ हजार ८ सय २० रुपैयाँ छ।
एक्स ४०९ बारफोनका विशेषता
एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रिन छ भने फ्रन्ट र रियर क्यामेरा जडान भएको छ। यो सेटमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ। ८०० एमएचको ब्याट्री प्रयोग गरिएको सेटमा एफएम रेडियो, कल रेकर्डिङ, म्युजिक प्लेयर र भिडियो प्लेयरको सुविधा पनि उपलब्ध छन्।
यो मोडलको फोनमा केही समस्या आए एक सय दिनसम्ममा फिर्ता गर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टी’ पनि रहेको कम्पनीले जनाएको छ।
क्यु ३५३ स्मार्टफोनका विशेषता
१ दशमलब ३ गेगाहर्ज क्वाड-कोर प्रोसेर र एक जिबी र्याम रहेको यो सेटमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ। ७२०*१२८० पिक्सल रिजोलुसन रहेको सेटमा २ हजार एमएचको ब्याट्री प्रयोग गरिएको छ, जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुने कम्पनीले जनाएको छ। यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको छ।
८ जिबी रोम रहेको यस फोनमा स्टोरेज क्षमता आवश्यक लागेजति थप्ने सुविधा पनि छ। ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।