काठमाडौं- २० हजार घुससहित लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल (ना.सु.) जयराम चौधरीले आयोगले आइतबार पक्राउ गरेको हो।
सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग उनले घुस लिएका थिए। सेवाग्राहीले घुस दिएर अख्तियारलाई खबर गरेका थिए। डेरा नजिकैबाट चौधरीलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।