काठमाडौं- त्रिभुवन विमानस्थलमा युएस-बाङ्ला विमान दुर्घटनामा परेका घाइतेहरुमध्ये ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका चार घाइतेमध्ये दुई जना डिस्चार्ज भएका छन्।
सफल उपचारपछि घर फर्किनेमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी रहेका छन्। घर फर्कन लागेका दुवै जनालाई ग्राण्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले खादा लगाएर र बुके दिएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
ग्राण्डीमा विमान दुर्घटनामा थप दुई घाइतेको उपचार जारी छ। वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
गत सोमबार युएस-बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।