भोजपुरमा वनको डढेलो बस्तीमा पस्दा घर जल्यो

Nepal Live

विराटनगर– सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भई भोजपुरमा गाउँमै आगो लागेको छ।

हतुवागढी गाउँपालिका १ स्थित गुइचे सामुदायिक वनको डढेलोले आइतबार स्थानीय झपडबहादुर खड्काको घर जलेको हो। आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ।

दिउँसो साढे ३ बजे लागेको आगोले उनको २ तले घर, नगद २० हजार, गरगहना तथा घरका सम्पूर्ण समान जलेको इलाका प्रहरी कार्यालय घोरेटारले जनाएको छ।

प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार