ad

भैरहवामा यती एयरको विमान अवतरणका क्रममा दुर्घटना, यात्रु सकुशल

Nepal Live

भैरहवा– यती एयरको विमान भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनामा परेको छ। 

काठमाडौंबाट आएको विमान विमानस्थलमा साँझ सवा ५ बजे अवतरणका क्रममा दुर्घटनामा परेको हो। विमानस्थलमा अवतरण भइसकेर रन–वेमा गुडिरहेका बेला एक्कासी चक्का लक भएको जानकारी प्रहरीले दिएको छ। विमान रोकिएपछि यात्रुहरु हतार–हतार ओर्लिएका थिए। 

दुर्घटनामा कुनै पनि क्षति नभएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले नेपाल लाइभलाई बताए। विमानमा २६ यात्रु सवार थिए।

काठमाडौंबाट ४ बजेर ४० मिनेटमा उडेको जुलेट चार्ली विमान ५ बजेर ११ मिनेटमा भैरहवा विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमान अझै पनि रन–वेमै रोकिएको छ।

दीपक घिमिरे

पत्रकार घिमिरे नेपाल लाइभका प्रदेश ५ का संयोजक हुन्

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार