नेपालमा बौद्ध गुम्बा बनाउन बेलायतमा च्यारिटो शो बाट २० लाख संकलन
काठमाडौं- ओखलढुंगाको रुम्जाटारमा बौद्ध गुम्बा निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले बेलायतमा च्यारिटी शो गरिएको छ।
'रुम्जाटार गुम्बा च्यारिटी नाइट' नाम दिइएको कार्यक्रम बेलायतस्थित एल्डरशटको एम्पाएर हलमा शनिबार सम्पन्न भएको हो। बेलायतको थर्ड आइ टिमले आयोजना गरेको कार्यक्रमबाट २० लाख रुपैयाँ संकलन भएको कार्यक्रम संयोजक विष्णु गुरुङले जानकारी दिए।
कार्यक्रममा गायक आनन्द कार्की, सुकमित गुरुङ, मीनादेवी निरौला, राजु राजवाहक, सरु थापा, रवि डंगोल, नम्रता योगी, मीरा राणा, मौसमी गुरुङले आफ्नो प्रस्तुति दिएका थिए।