नवलपरासी– कावासोती नगरपालिका–८ थकाली चोकमा भएको दुर्घटनामा युवकको मृत्यु भएको छ।
बा.२ ख ३९२२ नम्बरको हाइस गाडी र लु.३४ प ७०८६ नम्बरको मोटरसाइकल आइतबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल बस्ने २० वर्षीय रामबहादुर आलेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१० बस्ने ३० वर्षीया बसन्ती थापाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उक्त गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।