काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सहभागी भएको नेपाली क्रिकेट टिम भोलि साँझ काठमाडौं आइपुग्ने भएको छ।
नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीका अनुसार नेपाली टिम आज राती जिम्बावेको राजधानी हारेरबाट हिड्ने छ। नेपाली टिम दुवईमा ट्रान्जिट भएर भोलि साँझ ५:५५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने सिवाकोटीले जनाएका छन्।
जारी प्रतियोगितामा नेपालले अाठौं स्थान हात पारेको थियो। समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।