काठमाडौं- राधी विद्युत् कम्पनीको ४१ लाख कित्ता साधारण सेयर (आइपिओ) आइतबार नेप्सेमा सूचीकृत भएको छ।
राधीले पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपिओ जारी गरेको थियो। जसमध्ये गोलाप्रथाबाट भएको बाँडफाँटमा ७१ हजार १ सय २ जना आवेदकलाई १० कित्ता र एक जना आवेदकलाई ११ कित्ता सेयर परेको थियो।
राधीले जारी गरेको कुल सेयरमध्ये कर्मचारीलाई १५ हजार २ सय ९१ कित्ता र सामूहिक लगानी कोषका लागि ३८ हजार २ सय २८ कित्ता सेयर बाँडफाँट भएको थियो।
बाँकी रहेको ७ लाख ११ हजार ३१ कित्ता सेयर कम्पनीले सर्वसाधारणलाई वितरण गरेको हो।
कम्पनीले यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशत आइपिओ जारी गरेको थियो। कम्पनीले लमजुङ जिल्लामा ४ दशमलब ४ मेगावाटको राधी साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।
आइपिओ जारी गर्नुअघि कम्पनीको चुक्ता पुँजी ३३ करोड ३५ लाख ४५ हजार रुपैयाँ छ भने आइपिओ जारीपछि कम्पनीको पुँजी ४१ करोड रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।