काठमाडौं- नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत दुई इस्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको लागि ‘बुक क्लोज’ मिति तय गरेका छन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा चैत २८ गते हुने भएको छ। उक्त साधारणसभाका लागि चैत २४ गतेदेखि २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ।
कम्पनीको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४२ प्रतिशत बोनस सेयर र २८ दशमलब ३५ प्रतिशत नगद लाभांश पारित गर्नेछ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीको साधारणसभा चैत २६ गते हुने भएको छ। उक्त साधारणसभाका लागि चैत ८ गतेदेखि चैत २६ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्सको १८औं र प्रिमियर इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।