लिभरपुल– मोहमद सलाहले चार गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा वाटफोर्डमाथि ५–० गोलको सानदार जित हात पारेको छ।
उत्कृष्ट लयमा देखिएका सलाहले खेलको ४,४३, ७७ र ८५ मिनेटमा गोल गरेका थिए। लिभरपुलका लागि अर्को गोल फिर्मिनोले खेलको ४९ मिनेटमा गरे।
लिगको अर्को खेलमा इभर्टनले स्टोक सिटीलाई २–१ गोलले हराएको छ। क्रिस्टल प्यालेसले हडर्सफिल्डलाई २–१ तथा बर्नमाउथले वेस्ट ब्रुमलाई २–१ गोलले पराजित गरेको छ।
लिगमा ३१ खेलमा ६३ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ८१ तथा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६५ अंक छ। चौथो स्थानको टोटनह्यमको ६१ र पाँचौ स्थानको चेल्सीको ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।