दमास्कस– सिरियाली विद्रोहीको आधार इलाका मानिने अफ्रिन क्षेत्रबाट द्वन्द्वको पीडा सहन नसकी सुरक्षितस्थलतर्फ भाग्दै गरेका ११ जना सर्वसाधारण नागरिकमाथि टर्कीद्वारा शनिबार पुनः हवाई आक्रमण भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, ‘टर्की नेतृत्वको सुरक्षाबलले कूर्दिस बाहुल्यता रहेको अफ्रिनमा शहर र वरपरका स्थानमा गरेको पछिल्लो आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको छ।’
सिरियामा मानव अधिकार अनुगमन गरिरहेको उक्त संस्थाका अनुसार टर्कीद्वारा सिरियाली कूर्दिस लडाकूविरुद्ध जनवरी २० पछि चलाएको स्थल तथा हवाई सुरक्षा कारबाहीमा परी २ सय ८० सर्वसाधारणले ज्यान गुमाएका छन्। मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेका बताइएको छ।
अङकाराले भने कारबाहीमा सर्वसाधारणको मृत्यु नहोस् भनेर अत्याधिक सावधानी अपनाइएको बताउँदै आएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।