काठमाडौं- घरमा प्लास्टर गर्ने क्रममा करेन्ट लागेर कामदारको मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका–८ फुटुङ बस्ने नुवाकोट खरानीटार गाउँपालिका–२ घर भएका ३० वर्षीय रामबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो।
फुटुङ बस्ने कुमार थापाको घरमा प्लास्टरको काम गरिरहँदा शुक्रबार करेन्ट लागेर अशक्त भएका तामाङको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।