काठमाडौं- मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमीमा शुक्रबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
ना.५५प १६४ नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउँमा रहेको बिजुलीको पोलमा ठोक्किए दुर्घटना हुदाँ स्कुटर चालक भक्तपुर नगरपालिका–३ खैमा बस्ने २२ बर्षीय सुसन सुमनिकाको मृत्यु भएको हो।
द्युर्घटनामा गम्भीर घाइते भएकोले मध्यपुर अस्पताल ठिमीबाट थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।