ad

मोटरसाइकल दुर्घटना, रामेछापका युवाको मृत्यु

Nepal Live

धुलिखेल- काभ्रेपलाञ्चोकको बनेपामा बनेपा–पनौती सडकखण्डमा मोटरसाइकल र मिनीबस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा२ख ५६७५ नम्बरको मिनीबसले विपरीत दिशाबाट आएको बा७२प ४७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप जिल्ला चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 

प्रहरीका अनुसार, गाडी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ भने चालक बनेपा इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छन्। (रासस)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार