ad

आगलागीमा १५ लाखको क्षति

Nepal Live

राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुर बजारमा रहेको दीनानाथ रौनियारको हार्डवेयर पसलमा शनिबार आगलागी भएको छ। 

आगलागीमा १५ लाख बराबरको क्षति भएको स्थानीयले बताए पनि प्रहरी चौकी फत्तेपुरले भने घरधनीका परिवारै काठमाडौं गएकाले क्षतिको यकिन विवरण नआएको बताएको छ। 

आगलागीबाट घरको तल्लो तलामा रहेको पसलका प्लास्टिकका सबै सामान जलेका छन् भने हार्डवेयरका सामान समेत काम नलाग्ने अवस्थामा पुगेको स्थानीय भुपेन्द्र खत्रीले जनाए।

दिउँसो करिब ३ बजे लागेको आगो स्थानीयवासी तथा राजविराज, हुनमाननगर कंकालिनी र उदयपुरको चौदण्डी नगरपालिकाको दमकलको सहायताले डेढ घज्टापछि नियन्त्रणमा लिइएको स्थानीयवासी किरण भट्टराईले जानकारी दिए।

प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बल फत्तेपुर क्याम्पले तत्कालै आगो नियन्त्रणमा सहयोग नगरेका कारण क्षति बढी भएको स्थानीय सञ्चारकर्मी खगेन्द्र कार्कीले गुनासो गरे।

‘३० किलोमिटर टाढा राजविराज र २० किलोमिटर टाढा बेल्टारबाट दमकल आइपुग्न समय लाग्यो’, कार्कीले भने, ‘प्रहरीको खासै सहयोग नपाएका कारण क्षति बढी भयो।’

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाउँदै घटनाको थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार