काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ।
निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि शनिबार ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो। दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन्।
राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ। निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिनेछन्।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।