काठमाडौं- घोडेजात्राको अवसरमा शनिबार राजधानीको टुँडिखेलमा नेपाली सेनाले घोडाहरुको कला-कौशल प्रदर्शन गरेको छ।
टुँडिखेलमा सेनाले हरेक वर्ष घोडेजात्रा आयोजना गर्ने गर्छ।
काठमाडौं उपत्यकाको प्राचीनमध्येको यो जात्रा मनाउने क्रममा दुई वटा किंवदन्ती प्रचलनमा रहेको छ। उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा सताउने गरेपछि उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ।
अर्को किंवदन्ती अनुसार, प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन छ।
हेरौं टुँडिखेलमा घोडाहरुको कौशल:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।