काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टियू) ले गोल्डेनगेट युनिभर्सिटी क्रिकेट कप २०१८ को उपाधि जितेको छ।
शनिबार भएको उपाधि भिडन्तमा डिएभी कलेजलाई ६ विकेटले पराजित गर्दै टियू च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४१ रन जोड्यो। डिएभीका लागि ओपनर सुधिर चौधरीले ६४ र सन्तोष चौधरीले ३५ रनको योगदान दिए। बलिङतर्फ टियूका इशान पाण्डे, रुपेश श्रीवास्तव र सागर ढकालले १–१ विकेट लिए।
१ सय ४२ रनको लक्ष्य टियूले ३ बल खेल्न बाँकी ४ छदा विकेटको नोक्सानीमा पार गर्यो। टियूको जितमा ओपनर रविन जोशीले ७१ रन तथा इशान पाण्डेले ५७ रन जोडे। जोशीले ५४ बलमा ६ चौका र २ छक्का तथा पाण्डेले ५१ बलमा ८ चौका हिर्काए। पृथु बाँस्कोटा शून्य रनमा आउट हुँदा सुवास खकुरेलले नटआउट ७ रन बटुले।
उपाधिसँगै टियूले २ लाख रुपैयाँ हात पार्दा डिएभीले १ लाखमा चित्त बुझायो।
इशान पाण्डेले म्यान अफ दि सिरिज हुँदै २५ हजार पाए। अदिल खान उत्कृष्ट ब्याट्सम्यान, सागर ढकाल उत्कृष्ट बलर र महेश खत्री इमर्जिङ प्लेयर चुनिए। तीनै जनाले जनही १०–१० हजार रुपैयाँ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।