काठमाडौ– शेयर बजारमा यस साता १ अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १ सय ७४ कम्पनीको ३३ लाख ३९ हजार १ सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशतले कम हो। गत साता १ सय ७१ कम्पनीको ४७ लाख ९३ हजार १ सय २० कित्ता सेयर १ अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ अंकले बढेर अन्तिम दिन १ हजार २ सय ८८ दशमलव ३६ अंकमा पुगेको छ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३२ अंकले बढेर २ सय ७४ दशमलव ३८ अंकमा आइपुगेको छ। यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ। सो कम्पनीको ८ करोड २० लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा जनता बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको १ लाख ६७ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।
यस साता ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको १ लाख १३ हजार बोनस, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दुई लाख २० हजार, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३ सय २, वरुण हाइड्रो पावर कम्पनीको १ लाख २१ हजार ५ सय, गृहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १० लाख ९१ हजार २ सय ४९, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ लाख ७४ हजार ९ सय ९६, चिलिमे जलविद्युत् कम्पनीको ५१ लाख ७१ हजार ८ सय ८६ बोनस शेयर सूचीकृत भएका छन्।
कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४ सय ८८ र प्रसडेन्डियल इस्योरेन्स कम्पनीको ८ लाख ५५ हजार ३ सय ६० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन्। यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर सूचीकृत भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।