सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृतिविरुद्ध विभिन्न अभियान थालेको छ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जिल्लामा सबैभन्दा लागुऔषध दुर्व्यसनको समस्या रहेको बताए। लोकल मदिरा नै घरेलु हिंसाका कारण भएकाले यसको नियन्त्रणका लागि प्रहरी गस्ती परिचालन गरेको उनको भनाइ छ।
साउनयता लागुऔषधका १८ मुद्दा दर्ता भएको र २८ अभियुक्त पक्राउ परेको कार्यालयले जनाएको छ। ८ महिनामा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका २६६ मुद्दा दर्ता भएका छन्। त्यसैगरी चालु आर्थिक वर्षमा १५४ महिला तथा बालबालिका हराएकामा १०० जनालाई फेला पाएिको छ भने ५४ जना फेला पर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ। यस्तै ८ महिनाका अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले ८ हजार ७११ जनालाई कारबाही गरिएको र करिब ५१ लाख ३६ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।
पुरानै दरबन्दीमा प्रहरी
जिल्ला प्रहरी कार्यालयमा अझै पनि २० वर्ष पुरानै दरबन्दीमा काम गर्नुपर्दा आपराधिक गतिविधि नियन्त्रण गर्न चुनौती थपिएको कार्यालयले जनाएको छ। नगरपालिकामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १०० र गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा ७५ प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने चतुर्वेदीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।